News

ICAO बाट नेपाललाई Council President Certificate प्रदान

19 Jun 2018

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) काउन्सिलका अध्यक्ष डा.ओलुमुयिवा बेनार्ड एलिउले यहि १२ जुन २०१८ का दिन नेपालले उडान सुरक्षा सुपरिवेक्षणको क्षेत्रमा गरेको प्रगतिलाई कदर गर्दै मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारीलाई Council President Certificate प्रदान गर्नुभएको छ ।

ICAO बाट नेपाललाई Council President Certificate प्रदान

ICAO ले Universal Safety Oversight Programme (USOAP) अन्तर्गत सदस्य राष्ट्रहरुको उडान सुरक्षा अवस्थाको सम्बन्धमा विस्तृत अडिट र सोको सम्परिक्षण अडिट समेत गर्ने गर्दछ । ICAO बाट सन् २०१३ को जुलाईमा सम्पन्न उडान सुरक्षा अडिटको नतिजाले नेपालको उडान सुरक्षा सुपरिवेक्षण प्रणालीमा गम्भिर कमिकमजोरी रहेको र ICAO द्वारा निर्धारित उडान सुरक्षा मापदण्डहरुको नेपालको परिपालन दर विश्व सरदर भन्दा न्यून रहेको जनाएको थियो । यसैलाई आधार बनाई ICAO ले नेपाललाई गम्भिर सुरक्षा चासो (Significant Safety Concern) युक्त मुलुकको सूचिमा समावेश गरेको थिया ।

ICAO बाट औंल्याइएको उडान सुरक्षाको क्षेत्रमा विद्यमान कमिकमजोरीलाई निराकरण गर्न ICAO ले Project Nepal 15801 मार्फत नेपाललाई Operations (OPS), Airworthiness (AIR) र Personnel Licensing को क्षेत्रमा सघाउन करीव एक बर्ष सम्म प्राविधिक विज्ञहरु नेपाललाई उपलब्ध गराएको थियो । यिनै प्रयासका कारण गत ४ – ११ जुलाई २०१७ मा सम्पन्न उडान सुरक्षा सम्परिक्षण अडिट (ICVM) मा नेपाल उक्त गम्भिर सुरक्षा चासोयुक्त मुलुकको सूचिबाट हट्नुका साथै नेपालको उडान सुरक्षा मापदण्डहरुको परिपालन दर समेत विश्व सरदर भन्दा माथि ६६.०८ प्रतिशतमा उक्लन सफल भएको थियो ।

Mr. Bikram Raj Gautam

Mr. Bikram Raj Gautam

Spokesperson

Act. Deputy Director General, DDG 2

Not Available
Not Available
Mr. Gyanendra Bhul

Mr. Gyanendra Bhul

INFORMATION OFFICER

Deputy Manager

015718030
test@test.com

Designed and Developed By: