सन् १९५७ मा तत्कालीन नेपाल सरकारको कार्य, सञ्चार तथा यातायात मन्त्रालयअन्तर्गत औपचारिक रूपमा नागरिक उड्डयन विभागको स्थापना भएको थियो । नागरिक उड्डयन ऐन, १९५९ अन्तर्गत नागरिक उड्डयन सम्बन्धी वैधानिक नियमावली जारी गरिएको हो । नेपालले सन् १९६० मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को सदस्यता प्राप्त गरेको थियो । नेपाल सरकारले विसं २०५० मा पहिलो पटक उड्डयन नीति सार्वजनिक गरेको थियो । यो नीतिले नागरिक उड्डयन विभागलाई स्वायत्त नागरिक उड्डयन प्राधिकरणमा रूपान्तरण गर्ने व्यवस्था गर् यो । नागरिक उड्डयन ऐन, १९९६ अन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरण स्वायत्त नियामक निकायको रुपमा ३१ डिसेम्बर १९९८ मा स्थापना भएको हो । क्यान नागरिक उड्डयनको नियामकका साथै एयर नेभिगेसन सर्भिसेज र एरोड्रोम अपरेसनको क्षेत्रमा सेवा प्रदायक पनि हो ।
Mr. Bikram Raj Gautam
Spokesperson
Act. Deputy Director General, DDG 2
द्वारा डिजाइन र विकसित: